२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

भोलिदेखि जनकपुर र विराटनगर ‘लक डाउन’!

कोभिड- १९ कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा विराटनगर महानगरपालिकाले मंगलबारदेखि अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि लक डाउनको घोषणा गरेको छ।

सोमबार महानगरपालिकामा करिब १ घण्टा सरोकारवाला निकायसंगको छलफलपछि महानगरले नगर लकडाउन गर्ने जनाएको हो। छलफलपछि महानगरका मेयर भीम पराजुलीले अत्यावश्यक बाहेकका सबैकुरा बन्द गर्ने निर्णय गरेको जानकारी दिए।

यसक्रममा बजार क्षेत्रदेखि चौकसम्म महानगरले सुक्ष्म निगरानी गर्ने र पसल बन्द गराउनेछ। मेयर पराजुलीले औषधीउपचार, दुध, पानी, सरसफाई, खाद्यान्न लगायतका पसललाई भने बन्द नगरिने जानकारी दिए।

संक्रमण फैलन नदिनका लागि महानगरले चालेको कदममा सर्वसाधारणले साथ दिने अपेक्षा गरेका मेयर पराजुलीले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरवासीलाई आवश्यक कामबाहेक ननिस्कन अपिल गरेका छन्।

पराजुलीले यस परिस्थितीमा नगरवासीले घरभित्रै रहेर आफ्ना कार्य गर्न आग्रह गरे। मेयर पराजुलीले नयाँ मानिस वडामा देखिएको खण्डमा बुझेर तत्काल वडाका पदाधिकारीलाई जानकारी गराउने अपिल गरेका छन्।

सर्वसाधारणको सहजताका लागि महानगरले स्वास्थ्य महाशाखाका तीनजनालाई फोकल पर्सनका रुपमा तोकेको छ। नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कतर्यालयका पदाधिकारीसंग समन्वय गर्न महानगरले आग्रह गरेको छ।

यसक्रममा सर्वसाधारणलाई सहज रुपमा तरकारी तथा खाद्यान्न पुराउन चोक चोकमा राखिने महानगरले जनाएको छ।

महानगरको पछिल्लो तथ्यांक अनुसार १९ वटै वडामा गरि कुल ५ लाख ६ हजार जनसंख्या महानगर सामुदायिक विकास शाखाका अधिकृत पुनम दाहालले जानकारी दिए।

उनका अनुसार १९ वटा वडा रहेको महानगरको दक्षिणतर्फ ४ वटा वडा भारतीय सीमासंग जोडिएको छ। भारततर्फ १५, १६, १७ र १८ नम्बर वडा जोडिएको छ।

जनकपुर पनि ‘लक डाउन’ !

विश्‍वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि जनकपुर बजार ‘लक डाउन’ हुने भएको छ।

कोभिड १९ को संक्रमण रोक्नको लागि अति आवश्यक सामग्री बेच्ने खाद्यान्य संस्थाहरुबाहेकका सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले जनाएका छन्।

कोभिड १९ को नेपालमा उच्च जोखिम रहेकोले संक्रमण रोक्न तत्काल एक हप्ता व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको महासचिव महासेठले जनाएका हुन्। जनकपुरधामको बाजार मंगलवार देखि १६ गते सम्म बन्द रहने छ।

यस बन्दको अवधिमा खाद्यान्‍न, किराना, औषधी, एल पी ग्यास, फलफुल, तरकारी, पेट्रोलपम्म बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेपनि जनकपुरधामको बाजारमा भने मानिसको चहलपहल रहैको छ।

पहिलाको तुल्नामा मानिसको संख्या कम भएपनि भिडभाड यथावतै रहेपछि जनकपुरधाम उद्योग वाणिज्य संघले अतिआवश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको हो।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७६ चैत्र १०

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP