२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

प्रेस युनियन अध्यक्ष बमद्वारा जन्मदिनमा अक्षयकोष स्थापनाका लागि सहयोग

डोटी- नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकास बमले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ डाटी शाखाका सह–सचिव तथा हाम्रा कुरा डटकमका सम्वाददाता समेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा तेजु स्मृति अक्षयकोषका स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गर्न लागेको अक्षयकोषमा अध्यक्ष बमले ११ हजार एक सय ११ रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

युनियनले स्व. संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरुसँग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महराले जानकारी दिए । उनले अक्षयकोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरि पत्रकारीता क्षेत्रमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिने बताए । युनियनले अक्षयकोष स्थापना गर्ने निर्णयसँगै सहयोग आह्वान गरेपछि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक १

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP