२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
पत्रकार कुटपिट प्रकरण

पत्रकार महासंघको मिसन टोली धनगढी पुग्यो

धनगढी– दिनेश सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी पुगेको छ।

 महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी अध्ययनका लागि आज बिहान धनगढी पुगेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले जानकारी दिए।

टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी छन्।

टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।

सोही अनुसार अहिले २ बजे नेपाल पत्रकार महासंघ कैलाली शाखामा पत्रकारसँग मिसन टोलीले छलफल गर्दैछ।

पत्रकार महासंघले पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघको अध्ययन टोली धनगढी पठाएको हो।

मिसन टोलीले दिनेश एफएमका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनासहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हननका घटनाहरूबारे स्थलगत अध्ययन गर्ने जनाईएको छ। 

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP