२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday

कैलाली र कंचनपुरका थप २९ जनामा कोरोना पुष्टि

धनगढी- सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा कैलाली र कंचनपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ जनाको स्वाव परिक्षण गरेकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिज्ञप्ती अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ६ महिला र १ पुरुष गरि सात जना, धनगढीका एक महिला र ३ पुरुष गरि ४ जना, लम्कीचुहाका ३ पुरुष र ३ महिला गरि ६ जना, गोदावरीका एक महिला एक पुरुष गरि २ जना, जोशीपुरका १ जना र टीकापुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कंचनपुरको भिमदत्त नगरपालिकाका ६ जना पुरुष र बेदकोटका एक महिला र एक पुरुष गरि दुई जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ भाद्र ३१

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP