धनगढी- बढ्दै गरेको कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न कैलाली र कंचनपुरमा लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो गरिएको छ ।
दुबै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै शुक्रबार राती १२ बजेदेखि निषेधाज्ञालाई खुकुलो बनाएका हुन् । यसअघि कैलालीमा भदौ ४ गतेदेखि १९ गते सम्म र कंचनपुरमा भदौ ६ गते देखि १९ गते मध्य रातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा आज देखि खुकुलो पारिएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जारी गरेको आदेश अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईनेछ । सार्वजनिक सवारी साधनमा एक लाईनमा एक जना मात्रै यात्रु अर्थात ५० प्रतिशत मात्रै यात्रु बोक्न पाईनेछ ।
नगरमा संचालित अटो रिक्साको हकमा जोरबिजोर प्रणाली अनुसार यातायात मापदण्ड पूरा गरी बढिमा दुई जना यात्रु राखेर सञ्चालन गर्न र्पाइनेछ । खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुधडेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाईने छ ।
व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ। यस्तै राति ९ बजेदेखि विहान ५ बजेसम्म भने हिडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ ।
सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराई कार्यालय सञ्चालन गर्न पाउनेछन् । अन्य कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन पनि प्रजिअको आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय जस्ता भीडभाड हुने कार्यालयले दैनिक प्रशासनिक कार्य बाहेकका अन्य सेवा सञ्चालन गर्न पाउने छैनन् । बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गराई भीडभाड नहुने गरी विहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
यस्तै कञ्चनपुर जिल्लामा पनि आज देखि सार्वजनिक सेवा सञ्चालन हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले भदौ २० देखि ३१ गतेसम्म कन्चनपुर जिल्लामा सेवा, उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
सेवाहरु बिहान साढे ५ देखि साझ ६ बजेसम्म मात्र ञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
बेलुका साढे पाँच देखि बिहान ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य प्रकारका सेवा, उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । कन्चनपुरमा भदौ ६ गतेदेखि लागु भएको निषेधाज्ञा भदौ १९ गते राति सकिएको हो ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...