२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

पूर्वीचौकी गाउँपालिकाकी वडा सदस्य कलादेवी वलीको निधन

डोटी- पूर्वीचौकी गाउँपालिका वडा नं. २ की वडा सदस्य, गाउँसभा सदस्य कला देवी वलीको निधन भएको छ । सोमबार विहान ७ बजे बगलेक स्थित आफ्नै घरमा निधन भएको हो ।

लामो समय देखि जण्डिस पीडित वडा सदस्य वलीको कलेजोमा असर गरेरका कारण उपचार सम्भव नभएका कारण ३९ बर्षको उमेरमा मृत्यु भएको आफन्तले जानकारी दिए ।

वलीको सोमबार नै दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता राम प्रसाद उपाध्यायले काँग्रेसको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । वली स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएकी थिइन् ।

आजै शोक सभाको आयोजना पनि गरिएको छ । सोक सभामा काँग्रस नेता उपाध्याय, गाउँपालिका अध्यक्ष दिर्घराज बोगटी र वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले शोक वक्तव्य राख्दै स्व. वली निष्ठावान, कर्तव्यवान र जनाताप्रती जिम्मेबार जनप्रतिनिधि रहेको बताए । शोक सभा कार्यक्रमको सञ्चालन नेपाली काँगेस्रका जिल्ला सदस्य कुवेर खड्काले गरेका थिए ।

वडा सदस्य वलीका तीन छोरा एक छोरी छन् ।

Related News

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
  • २०७७ भाद्र ८

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन दिपायल- सर्वाेच्च अदालतका...

TOP