२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

नदीले बगाउँदा वडाध्यक्षकी आमा बेपत्ता

लगातारको अविरल वर्षाका कारण बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन । । आइतबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो ।

सोमबार बिहान नदीले घर बगाउँदा ६५ बर्षिया आमा अइसेनी बेपत्ता भएकी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले वेपत्ता महतको खोजी कार्य भईरहेको बताएको छ ।

उनको प्रहरी, छिमेकीहरुले खोजी गरीरहेको वडाअध्यक्ष महतले बताउनु भयो । बुढीगंगा नदीको तटिय क्षेत्र बडिमालिका नगरपालिका २ घागरको बस्ती नै बगाएकोले स्थानीय कोही कसैको सम्पर्कमा नरहेको बताइएको छ ।

वस्ती नै बगाँउदा गाईगोरु र घरमा रहेको सम्पुर्ण सामान बगाएको घटनास्थलबाट वडाध्यक्ष महतले जानकारी दिएका छन् ।
प्रहरीले सबै क्षति विवरण आउन नसकेको बताएको छ ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ श्रावण २६

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP