२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

आयुर्बेद स्वास्थ्य केन्द्र अछामद्वारा कोरोना संक्रमितलाई शक्तीबर्दक औषधी बितरण

अछाम– जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र अछामले कोरोना संक्रमितलाई शक्तीबर्दक औषधीहरु बितरण गरेको छ । जिल्लाको बान्नीगढी गाँउपालिकाका १८ जना कोरोना संक्रमितलाई रोग संग लड्ने शक्ती बढोस् भनेर शक्ती बर्दक औषधी बितरण गरिएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र अछामका बैद्य खड्क बमले बताए ।

रोगप्रतिरोधक क्षमता बढाउने खालका च्यावनप्रास, एष्ट्रीमधु चुर्ण, गुर्जोचुर्ण लगायतका औषधी बितरण गरिएको बैद्य बमले जानकारी दिए । यसअघि मेल्लेख गाँउपालिकामा पनि सोही प्रकारका औषधी बितरण गरिएको उनको भनाई छ ।

यस्तै यो भन्दा पहिले जिल्लाका १८ वटा क्वारेण्टाईनमा पनि योगका साथै शक्तीबर्दक औषधी बितरण गरिएको थियो । औषधी बितरण गर्ने कार्य आगमी दिनमा पनि हुने जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र अछामले जनाएको छ ।

स्वास्थ्य केन्द्रका अनुसार जिल्लाका सबै पालिकामा जुन ठाँउमा कोरोना संक्रमित देखिन्छ त्यहि ठाँउमा शक्तिबर्दक औषधी बितरण गर्ने कार्यक्रम रहेको छ । नियमित योग र बाडिएको शक्तीबर्दक औषधी सेवन गर्नाले रोगसंग लड्ने शक्ती बढाउने बिश्वास समेत गरिएको छ ।

आयुर्वेदिक स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न ठाउँका क्वारेन्टीनमा रहेका ४ सय बढी लाई योग गराएको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण २४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP