२०८१ माघ १, मंगलवार
January 14, 2025, Tuesday

पत्रकार भट्टद्वारा जन्मदिनको अवसरमा अक्षय कोषका लागि आर्थिक सहयोग

डोटी- नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हरिश भट्टले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् । भट्टले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा ११ हजार एक सय एक रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।

युनियनले उनै स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महाराले जानकारी दिए । महराले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रीय सदस्य भट्टलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् ।

केन्द्रीय सदस्य भट्ट महेन्द्रनगर जेसिसका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७७ श्रावण २३

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP