२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

लैङ्गिक उत्तरदायी रिपोर्टिङ्ग सम्बिन्धि चार दिने भर्चुअल अभिमुखिकरण तालिम सम्पन्न

डोटी– लैङ्गिक उत्तरदायी रिपोर्टिङ्ग सम्बिन्धि चार दिने भर्चुअल अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कैलाली र डोटी जिल्लाका २० जना पत्रकारको सहभागिता रहेको उक्त तालिमको आयोजना महिलाको न्यायमा पहुँच परियोजनाले गरेको हो ।

यु.एन. वमेनको आर्थिक सहयोगमा सञ्चालित महिलाको न्यायमा पहुँच परियोजना कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को साझेदारीमा सञ्चालनमा रहेको छ । दुई बर्ष कार्यअबधि रहेको उक्त परियोजना डोटीमा सम विकास केन्द्र नेपाल ( ई.डि.सि डोटी) र कैलालीमा दलित महिला अधिकार मंचले सहजिकरण गरिरहेको छ ।

तालिममा सहभागीलाई पत्रकार अनिता विन्दु, बबिता बस्नेत, प्रकाश घिमीरे, लोगसरी कुवर र अधिवक्ता अनिता न्यौपाने थपलियाले प्रशिक्षण दिएका थिए ।

मोफसलमा रहेर रिपोर्टिङ्ग गर्ने पत्रकारहरुका लागि तालिम फलदायी रहेको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताए । मंगलबार शुरु भर्चुअल तालिम शुक्रबार समापन भएको छ ।

महिलाको न्यायमा पहुँच परियोजना डोटी जिल्लाको बडिकेदार गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा सञ्चालन भैरहेको छ भने कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकामा सञ्चालित छ ।

परियोजनाले सिमान्तकृत समुदायको न्याय, लैङ्गिक उत्तरदायी न्याय , क्षमता अभिबृद्धी, अन्तरक्रिया, तालीम, जनचेतना मुलुक कार्यक्रम , न्यायीक समितिको काम कर्तव्यका विषयमा जनप्रतिनीधिको क्षमता अभिबृद्धी लगायतका बिषयमा काम गर्दै आएको परियोजनाकी डोटी जिल्ला संयोजक वविता सेवाले जानकारी दिईन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ श्रावण २३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP