फणेन्द्र साउद
डोटी – नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको समय नजिकिन लाग्दा नेपाली काङ्ग्रेस बोगटान फुडसिल गाउपालिका इकाई समितीले कृयासिल सदस्य नवीकरण,सदस्यता बितरण र भातृ संगठनको गठन अभियानलाई तिब्रता दिएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बैठकको निर्णय अनुसार बोगटान फुड्सिल गाउपालिका इकाई समिति वार्ड नम्बर ४ सात्फरीमा सम्पन्न भएको भेलाले नयाँ सदस्य बितरण, कृयासिल सदस्यता नवीकरण , तरुणदल र किसान संघको गठन गरेको छ । नेपाली काङ्ग्रेस बोगटान फुडसिल गाउँपालिका इकाइ सभापति शेर बहादुर बमको प्रमुख आतिथ्य र वार्ड नम्बर ४ का सभापति पदमराज बिनाडीको सभापतित्वमा बुधबार सप्पन्न भएको भेलाले पदम सिंह साउदको सभापतित्वमा ११ सदस्यीय किसान संघको नयाँ कार्यसमिती गठन भएको छ जसमा उपसभापति खड्कसिंह बोहरा, सचिबमा लक्ष्मीकान्त बिनाडी, कोसाध्यक्षमा नरम सिङ साउद र सदस्यहरूमा योगेन्द्र बहादुर सिंह, नर बहादुर बिष्ट,जोगि सिंह लुहार, चक्र बहादुर ढोली, जगत लुहार,वीर बहादुर कुवर, डिल बिष्ट रहेका छन् । त्यसैगरी वार्ड नम्बर ४ मै गोबिन्दराज बिनाडीको सभापतित्वमा १९ सदस्यीय तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ । जसमा उपसभापति बाशुदेव बिनाडी, सचिबमा छत्र सिंह,कोसाध्यक्षमा हर्क बहादुर बिष्ट र सदस्यहरूमा खड्क बिष्ट,टेक साउद, गोपाल बोहरा, गगन बोहरा, गणेश भूल, भीम साउद,चन्द्र सिंह, मीन बहादुर सिंह, शेर बहादुर बिष्ट, टेक बम, दीपक बिनाडी, प्रेम बोहरा, जीवन कुवर, पुश्कल बोहरा रहेका छन् । उक्त भेलाले पार्टीका साधारण सदस्य मध्येबाट पार्टीप्रति कटिबद्ध इमान्दार २१ जनालाई कृयासिल सदस्यताका लागि सिफारिस समेत गरेको छ ।
यस अघि वार्ड नम्बर १,२,३,६ र ७ मा सदस्यता बितरण,नवीकरण र भातृ संघसंगठनको गठन कार्य सम्पन्न गरी सकेको छ ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...