२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

कैलालीमा मरेको मान्छे बचाउँछु भन्दै पास्टरले चार दिन देखी घरभित्रै शव राखेपछि

काठमाडौं- कैलालीको टीकापुरमा एक जना इसाई धर्मगुरु (पास्टर) ले मरेको मानिसलाई ब्युझाउँछु भन्दै केही दिनदेखि घरभित्रै शव राखेको खुलेको छ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ शक्तिनगर मुक्त कमैया शिविरका पास्टर दीपक चौधरीले ४३ वर्षीय मोतीराम डगौराको शव घरभित्रै राखेका हुन्। ।

छिमेकीले लास गन्हाएको भन्दै प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिए।

एक हप्ताभित्र जिउँदो बनाउँछु भन्दै पास्टरले शव घरभित्रै राखेको मृतकका छोरा ईश्वर डगौराले प्रहरीसमक्ष बताएका छन्।

“मोतीराम बिरामी भएपछि एक हप्ताअघि दीपकको घरमा लगिएको रहेछ,” डीएसपी न्यौपानेले भने, “गनाइसक्दा पनि बचाउँछु भनेर शव घरभित्रै राखेको भेटियो, कतिसम्म अन्धविश्वास रहेछ?”

शवको अवस्था हेर्दा शनिबार राति बिहान मृत्यु भइसकेको न्यौपानेको अनुमान छ।

शव परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएकाे छ। घटनाबारे सोधपुछ गर्न पास्टर, मृतकका छोरासहित चार जनालाई नियन्त्रणमा लिइएको न्याैपानेले बताए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ श्रावण २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP