२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सेतीमा बेपत्ता दुइटै स्वास्थ्यकर्मीकाे शव भेटियो

डोटी- सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । बझाङ जिल्ला घर भइ डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंहको शव सोमबार शिखर नगरपालिका–१० बणैताप भन्ने ठाउँमा फेला परेको हो ।

यसअघि आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव केआईसिंह गाउँपालिका–५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो । नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनीहरु दुवैको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका– १० बानीडुग्रीसैनस्थित सेती नदीमा नुहाउन गएका बेला उनीहरु बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी कार्य गरिरहेको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP