२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

बाजुरामा विद्यालय सञ्चालन

धनगढी – बाजुराको जगन्नाथ गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय सञ्चालनमा ल्याएको छ।

कोरोना संक्रमणको जोखिम घटेपछि पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

साउन १५ गते देखि पढाई सञ्चालन गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार साउन १५ देखि नियमित पढाइ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए।

उनका अनुसार साउन १४ सम्म भर्ना र पाठ्य पुस्तक वितरण कार्य सकिएको र १५ गतेबाट पढाइ सञ्चालन गरिएको हो ।

सामाजिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोगसहित पठन पाठन सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए ।

गाउँपालिका भित्र आइसोलेशन र क्वारेन्टिन बनाइएका विद्यालयलाई सेनिटाइजपछि विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत विनोद गैरेले बताए ।

साउन १५ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालन भएका छन् ।

जिल्लामा देखिएका ५ सय २० जना कोरोना पोजेटिभ मध्ये २ जना मात्र कोरोना संक्रमित उक्त गाउँपालिकाका भेटिएका थिए । ती दुई जना पनि निको भएर घर फर्किसकेका छन् ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ श्रावण १७

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP