२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

फास्ट ट्रयाकको अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी विश्व बैंकको कालोसूचीमा

तीन वर्षअघि भारतको आसाम सरकारले जालसाजीको अभियोगमा कालोसूचीमा राखेको युसिनलाई विश्व बैंक र साझेदार बैंकहरूले यही महिनादेखि लागू हुने गरी १३ महिनाका लागि कालोसूचीमा राखेको छ 

पर्शुराम काफ्ले / नयाँ पत्रिका

काठमाडौं–तराई द्रुतमार्ग ( फास्ट ट्रयाक)को सुपरिवेक्षण तथा ठेक्का छनोटका लागि छानेको अन्तर्राष्ट्रिय परामर्शदाताका कम्पनी युसिन जेभी विश्व बैंकको समेत कालोसूचीमा रहेको खुलेको छ । यसअघि भारतको आसाम सरकारले पनि यो कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

कोरोना महामारीले देश लकडाउनमा रहेका वेला सेनाले कोरियाली कम्पनी युसिनलाई परामर्शदाता छनोट गरेका थियो । हतारमा युसिनलाई परामर्शदाता छनोट गरेको भन्दै सेनाको आलोचना हुँदै आएको छ ।

विश्व बैंकले युसिन जेभीलाई गत ३० जुनदेखि २९ जुलाई २०२१ सम्मका लागि कालोसूचीमा राखेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । दक्षिण प्रशान्त महासागरछेउको देश भानुवाटुको हवाईसम्बन्धी लगानी परियोजनामा युसिनले जालसाजीपूर्ण काम गरेको विश्व बैंकको ठहर छ । यो सन् २०१० को ठेक्कासँग सम्बन्धित हो । 

पुरा समाचार पढ्नुस् https://www.nayapatrikadaily.com/news-details/47400/2020-07-17

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण २

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP