२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

धनगढी उप–महानगरपालिकाले संरचना आफै हटाउने घरधनीलाई सम्मान गर्ने

धनगढीमा ६९ करोडमा १० किलोमिटर सडक कालोपत्रे हुने

कैलाली- क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने भएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् । आफ्नो संरचना आफै हटाउनेलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना बनाएको छ नगरप्रमुख वडले भने,‘यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडीको भत्काईएको भागमा रंग रोगन समेत गरिने छ । आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र समेत कतिपय निजी संरचना छन् ।

एसियाली विकास बैंकको आफ्नै प्रकृया छ नगरप्रमुख वडले भने, त्यसैले आयोजना निर्माणमा सकारात्मक भूमिका निभाउन म नगरबासी संग अनुरोध गर्दछु । सडक निर्माण भएमा धनगढीको मुहार फेरिने छ नगरप्रमुख वडले भने,‘ यसका लागि नगरबासीहरुको सकारात्मक सहयोग आवश्यक छ ।

धनगढीमा ६९ करोडमा १० किलोमिटर सडक कालोपत्रे हुने

धनगढी उप–महानगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा सडक निर्माणका लागि आयोजना र निर्माण कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा संचालन भएको आयोजना अन्तरगतका अरु कामहरु सुरु भएपनि सडक र नाली निर्माणको काम अगाडी बढ्न सकेको थिए ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका सम्झौतामा रहेको छ । पहिलो चरणमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलालीनाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ ।
निर्माण कम्पनी संग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरेका छौं नगरप्रमुख वडले भने, कार्यान्वयनमा सहयोग गर्न आम नगरवासीमा अनुरोध गर्दछौं । यो धनगढी विकासको सपना बोकेको आयोजना हो नगरप्रमुख वडले भने, त्यसैले नगरवासीको सपना पनि यस आयोजना संग जोडिएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढीमा सडक निर्माणको सम्झौता भएपछि नगरप्रमुख वड निकै प्रफुल्लीत मुद्रामा देखिन्थे ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको विकासका लागि नगरवासीले हातेमालो गर्नुपर्ने बताईन । उनले भनिन्, ठूलो आयोजना हो कार्यान्वयनमा सबैले सहयोग गरौं ।
ठेक्का प्रकृयामा केहि समस्या भएर काममा केहि ढिलाई भएको हो क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीयाले भने, आज सम्झौता भएको छ सबै काम समयमा सम्पन्न हुनेमा ढुक्क छौं । कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले सम्झौता अनुसार काम सुरु गर्ने बताए ।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारकालागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागिमात्रै पुग्ने भएकाले चरणवद्ध रुपमाकाम थालेको धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जीनियर द्धीजराज भट्टले बताए । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपीयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ असार २८

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP