डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । गाउँपालिकाको ७औँ गाउँसभाले निती तथा कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ ।
आर्थिक बर्ष ०७७÷०७८ को निती तथा कार्यक्रम पेश गरिएको कार्यक्रममा ९५ लाख रकम बिनियोजन गरिएको छ । पेश गरिएको कार्यक्रममा स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरेर ‘बेरोजगार युवाहरुलाई स्वरोजगार, श्रमशक्तीको ब्यबस्थापन’ कार्यक्रम संचालन गरिने भएको छ ।
महिलाको कार्यबोझ कम गर्नका लागी गरिब संग अध्यक्ष कार्यक्रम अन्तरगत खरको घर बिस्तापित गरी जस्ता पाता लगाउने कार्यक्रमलाई निरन्तर दिईने भएको छ । गाउँपालिकामा नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुन्तसाहित गरी खोलियका ट्रयाकको स्तर उन्नतीगरी बाह्र महिना सडक संचालन गर्न सक्नेगरी काम गर्ने गाउँपालिकाले निती लिएको छ ।
उज्यालो बोगटान बनाउने गाउँपालिकाको निती अनुसार प्रदेश तथा संघिय सरकारसंगको सहकार्य गरेर केन्द्रीय बिद्युत लाईन बिस्तार गर्ने र स्थानीय जलबिद्युत योजनाको संरक्षण गर्दै उल्यालो गाउँपालिका बनाउने अभियानलाई निरन्तरता दिईने भएको छ । बालमैत्री तथा पोषयुक्त गाउँपालिका घोषणाका लागी आधार तयार गर्दै निकट भबिश्यमा पुर्ण कार्यान्वयन गर्ने गरी कार्यान्वयन गरिने छ ।
बोगटान गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाको अध्यक्षतामा संचालन भएको ७औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भवगती बमले आर्थिक बर्ष ०७७÷०७८को निती कार्यक्रम तथा बजेट प्रस्तुत गर्न भएको थियो ।
काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित तालिका अनुसार...