२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

डोटीमा करेन्ट लागेर महिलाको मृत्यु

तेजु ओली

डोटी- डोटीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ दहकालीकाका २७ वर्षीय तुल्सी थापा  (बाटु)को मृत्यु भएको हो ।

शनिबार घर नजिकैको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय मिलन नेपालीले जानकारी दिए । मृतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदै छ ।

घर नजिकै को सार्बजनिक धारामा स्थानीय सुर्ज किमाडीले धारा प्रयोग गर्न नदिने हेतुले धाराको जिआइ पाइप संग छुइनेगरी करेन्ट प्रबाह गरेकोले करेण्ट लागेको मृतकका आफन्तको बताए ।

धाराको पाइपमा करेण्ट फिट गरेको आरोपमा किमाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र मल्लले बताए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP