२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

कञ्चनपुर- बहिनी बलात्कारको आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका– १० की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय विरेन्द्र दयाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दयालले बालिकालाई बलात्कार गरेको भन्दै बालिकाकाको परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि दयाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

थापाले भने उनले भने, ‘गएराती बालिकामाथि बलात्कार भएको छ । बलात्कारको आरोपमा बालिकाको दाइ पर्ने २० वर्षीय युवकलाई पक्राउ गरेका छौँ ।’ घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
दयालको घर बैतडीको मेलौलीमा रहेको र हाल भीमदत्त नगरपालिका–१० स्थित फुपूको घरमा बस्दै आएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको र घटनाका बारेमा थप अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ असार ६

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP