डोटी– नेपाली कांगे्रस बोगटान फुड्सिल गाउँपालिकाका नेताहरु केहीदिनयता खाजा र सरसफाई सामाग्रीसहित धमाधम क्वारेन्टीन धाईरहेका छन् ।
विपद्मा जनतासंगै जान र जनताका पीरमर्काहरु बुझ्न कांग्रेस क्वारेन्टीनमा पुगिरहेको नेपाली कांग्रेसका गाउँपालिका संयोजक शेरबहादुर बमले बताए । ‘हरकोही परिस्थितीमा कांग्रेस जनताकाबीचमा हुन्छ र रहन्छ,’ उनले भने,‘यसैका निम्ति अहिले क्वारेन्टीनमा रहेका सिर्जनशिल युवाहरुको अवस्था बुझ्न हामी त्यहाँको अवलोकन र निरीक्षण गरिरहेका छौ ।’ संगै क्वारेन्टीनमा रहेका युवाहरुलाई केही सरसफाई सामाग्री(साबुन, दंतमञ्जन र दाँतमाझ्ने ब्रुस) र खाजा सामाग्री पनि उपलब्ध गराईरहेको कांग्रेसले जनाएको छ ।
सम्बन्धित वडाका जनप्रतिनिधिहरुको रहोवरमा कांग्रेसले यो अभियान सञ्चालन गरिरहेको जनाएको छ । ‘हामी सम्बन्धित क्षेत्रका जनप्रतिनिधीहरुलाई संगै राखेर अभियान सञ्चालन गरिरहेका छौ । जसमा सुधार्नुपर्ने पक्षबारे स्थलगत रुपमै सुझाव दिँदैछौ,’ संयोजक बमले भने ।
शुक्रबारसम्म गाउँपालिकाका विभिन्न वडाका ३१ वटा क्वारेन्टीनको निरीक्षण गरिएको र चारसय ५० जना युवालाई सरसफाई सामाग्री र खाजा प्रदान गरेको बोगटान फुडसिल कांग्रेसले जनाएको छ । बाँकी रहेका ठाउँमा पनि यथासक्य छिटो जाने कार्यक्रम रहेको जनाईएको छ ।
क्वारेन्टीनमा रहेका नागरिक सरकारप्रति चरम आक्रोशित रहेको नेपाली कांग्रेसका महासमिति सदस्य डिलबहादुर बमले बताए । उनले भने,‘भेँडाबाख्राजसरी क्वारेन्टीन गरिएका नागरिकहरु सरकारसंग सन्तुष्ट छैनन् । सामान्य मापदण्ड, दैनिक आवश्यकीय कुरासमेत पुरा नगरिएको अवस्थामा राख्दा नागरिकहरुमा सरकारप्रति वितृष्णा बढेको छ ।’
क्वारेन्टीन पुग्दा अवस्था निकै दयनिय रहेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एबं नेपाल दलित संघ डोटीका अध्यक्ष लालबहादुर बिकले बताए । ‘बिजोग नै देखियो । कतै खाद्यान्न छैन् । कतै पानी छैन् । सुत्नलाई राम्रो प्रबन्ध छैन्,’ उनले भने,‘जनप्रतिनिधी र सरकारले आधारभूत कुराको जिम्मेवारी पनि पुरा नगरेको भेटियो । क्वारेन्टीनको मापदण्ड त परैको कुरा भयो ।’ २०÷२० दिनसम्म बस्दापनि कुनैपनि किसिमको स्वास्थ्य परीक्षण अवस्था नभएकोसम्म पाईएको उनले बताए । ‘कोरोनाको पीसीआर जाँच त धेरै परको कुरा झाडापखाला लाग्दा औषधिसम्म नपाएको अवस्था भेटियो । अव त परीक्षणै नगरी घरघर पठाउन थालिएको छ,’ उनले भने ।
नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य नरेश खड्काले क्वारेन्टीनमा सरकारको अकर्मण्यता छचल्किएको बताए । उनले भने,‘सरकारको जनताप्रतिको दायित्व वहनको अवस्था कस्तो छ भनेर क्वारेन्टीनहरु हेरे पुग्छ । असली चित्र बोल्दैछ त्यहाँ ।’
क्वारेन्टीनमा बसेका नागरिकहरुलाई साँझबिहान खानलाई समेत खाना नदिएको अर्का जिल्ला कार्यसमिति सदस्य खड्का बोहराले बताए । ‘बेबारिसे अवस्थामा राखिएको छ । भोँकभोकैँ राखिएका नागरिकहरुलाई घरघरबाट चामल उठाएर खुवाउनुपर्ने अवस्था छ,’ उनले भने ।
साथै बोगटान कांग्रेसले सबैजसो वडा कार्यालयलाई क्वारेन्टाईन व्यवस्थापनका लागि त्रिपाल, बाल्टी र कम्मल पनि उपलब्ध गराएको जनाएको छ ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...