डोटी- समाजसेवी भक्तराज जोशी भारतवाट फर्किएर क्वारेन्टिनमा वसेका डोटीका वासिन्दा माझ सुख दुःख साटासट गर्न क्वारेन्टिनमै पुगेका छन । डोटीका ४ स्थानिय तह पूर्विचौकी गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र शिखर नगरपालिकाका क्वारेन्टिनको अवलोकन गर्दै सुखदुःख साटासट गरेका हुन ।
क्वारेन्टिनमा वसेका यहाँका वासिन्दालाइ स्वास्थ्य सम्वन्धि जानकारी तथा सावधानी, कोरोना विरुद्धमा लड्न साहस, क्वारेन्टिनको वसाइ पश्चात गाउमै वसेर गर्नु पर्ने जिविकोपार्जनका कृयाकलापका वारेमा ढाडसमुलक कुराकानी गरेको समाजसेवी भक्तराज जोशीले वताए । कुराकानीका क्रममा क्वारेन्टिनमा वसेका यहाँका अधिकांस वासिन्दाले यतै जिविकोपार्जनमुलक काम मिलेमा भारतमा नफर्किने वताएका छन । साथै गाउँपालिकाका जन प्रतिधिनि र कर्मचारी संग अहिलेको कोरोनाले निम्त्याएको समस्या, चुनौती र समस्या समाधानका वारेमा छलफल गरिएको समाजसेवी भक्तराज जोशीले वताए ।
मानविय सेवामा अनेकौ प्रयासका अध्यक्ष भक्तराज जोशी भारतवाट सुदूरपश्चिममा आउने यहाँका वासिन्दाका लागि सिमानामा निरन्तर सेवामा समेत लागिरहेका छन । कुराकानीका क्रममा आदर्श गाउपालिकका वडा नं ३ का अध्यक्ष नरेन्द्र रोकायालेले वडा नं ३ र ४ को विचमा रहेको प्रभात माध्यामिक विद्यालयमा कोरोना आइसोलेसन कक्षकालागि सामग्री उपलव्ध गराइदिन अनुरोध गरेको वताएका छन ।
शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले शिखर नगरपालिकालाइ पनि राहत खाद्यन्न र कोरोना आइसोलेशन कक्ष स्थापनाकालागि सामग्री सहयोग गर्न आग्रह गरेको वताए । कतिपय संघ संस्था यतिवेला खुलेर नआइरहेको परिप्रेक्षमा मानविय सेवामा अनेकौ प्रयास संस्थाले सह्रानिय काम गरिरहेको वताए । मानविय सेवामा अनेकौ प्रयास नेपाल कैलालीले सोमवार डोटीका तीन स्थानिय तह पूर्विचौकी गाउपालिका, आदर्श गाउपालिका र सायल गाउपालिकालाई जम्मा १ सय क्वीन्टल चामल, १० क्वीन्टल दाल, १० क्वीन्टल आलु सम्वन्धित स्थानिय तहका प्रमुखलाइ हस्तान्तरण गरिएको थियो ।
यस अघि लकडाउनको समयमै संस्थाले डोटीका चार स्थानिय तह, आदर्श गाउपालिका, सायल गाउँपालिका, पूर्विचौकी गाउँपालिका र शिखर नगरपालिकालाई प्रति साठी कार्टुन सेनीटाइजर, ६ हजार प्रति सर्जिकल मास्क, १ हजार ३२ प्रति हातधुने सावुन हस्तान्तरण गरिएको थियो ।
संस्थाले स्कूलमा शैक्षिक सामग्री कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर,स्थानिय तह संचालन तालिम, स्वास्थ्य छाउपणी कुरिति विरुद्ध सचेतना कार्यक्रम, कृषि सामग्री सहयोग, स्वास्थ्य तथा सचेतना कार्यक्रम, न्यानो वितरण कृयाकलाप अन्तर्गत म्याट्रिस वेड र कम्मल वितरण गरिएको वताइको छ । संस्थाले राहत, उद्दार र पूनस्थापनाका क्षेत्रमा काम गरिरहेको छ ।
अहिले संस्थाले सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा, अछाम, वाजुरा जिल्लामा त्यसैगरी कार्णाली प्रदेशका कालिकोट र सल्यान जिल्लामा त्यसैगरी वागमती प्रदेशका धादिङ र मकवानपुर जिल्लामा कार्यक्रम गरिरहेको छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...