२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

कैलालीमा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको  चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए। उनलाई  सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरी निरिक्षक विश्वकर्माले जानकारी दिए।

छोरीलाई घरमा समेत पटक पटक करणी गर्दै आएका उनले भासु जंगलमा रुखमा हातखुट्टा बाँधेर समेत जबरजस्तीकरणी गरेको उजुरी पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की  समेत दिदै आएको खुलेको छ।  उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईने प्रहरी निरिक्षक विश्वकर्माले बताए। 

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ जेष्ठ २१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP