२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

बैतडीमा प्रमुख प्रशासकिय अधिकृतले हाले नगरप्रमुख–उपप्रमुख विरुद्ध मुद्दा

बैतडी – बैतडीको पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले नगरप्रमुख र उपप्रमुख विरुद्ध मुद्दा हालेका छन् । उनले नगरप्रमुख दिपकबहादुर बम र उपप्रमुख मिना धानुकविरुद्ध पाटन उच्च अदालतमा मुद्धा हालेका हुन ।

उनले कार्यालयमा नगरप्रमुख र उपप्रमुखले काम गर्ने वातावरण विथोलेकाले कामकाज गर्ने वातावरण मिलाउने आदेश माग गर्दै नगरप्रमुख, उपप्रमुख र संघीय सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको बताएका छन ।

कर्मचारी भर्नाका विषयमा विवाद झिकेर नगरपालिकामा बस्ने वातावरण विगारेको उनले आरोप लगाएका छन । गत फागुनमा रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा नेपालीले मनोमानी गरेको आरोप लागेको थियो । तर करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको नेपालीले दाबी गर्दै आएका छन् ।

विशेष अदालत पाटनमा मुद्दा दर्ता गरेका नेपालीले आफ्नो पक्षमा अदालतले निर्णय गरेको बताए । उनले मुद्दा किनारा नलागुञ्जेलसम्म कामकाजमा फर्कन आदेश दिएकाले तत्कालै काठमाडौंबाट कार्यक्षेत्रमा फर्किने तयारी गरेको जानकारी दिए ।

Related News

इडिभी २०२५ को नतिजा सार्वजनिक,  यसरी सकिन्छ हेर्न (भिडियो सहित)
इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)
  • २०७९ चैत्र २७

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ...

TOP