२०८१ आश्विन २७, आईतवार
October 13, 2024, Sunday

कैलालीका सीमा क्षेत्र पूर्णरुपमा शील: आवतजावत रोक्न सशस्त्र परिचालन

कैलाली । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सिमामा थप कडाई गरिएको छ ।

भारतसँग सीमा जोडिएका कैलालीको १ सय १ किलोमिटर क्षेत्रलाई अहिले पूर्णरुपमा सील गरिएको हो ।

भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अस्थायी र स्थायी गरी कैलालीका ८२ ठाउँमा पोष्ट खडा गरेपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छ ।

सरकारले लकडाउनको घोषणा गरेपनि धेरै नेपाली तथा भारतीयहरु मुख्य नाका नभई चोरीको बाटो प्रयोग गदै नेपाल आउने क्रम रोकिएको थिएन ।

चोरीको बाटो ओहोर हुन थालेपछि सीमा क्षेत्रका नागरिक पनि चिन्तित थिए । अहिले सरकारले पूरै नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेपछि मानिसहरु आउने क्रम रोकिएको सीमा बासीहरुले बताएका छन् ।

सीमा नाकामा सशस्त्र प्रहरी परिचालन नहुँदा दैनिक हजारौ नागरिक नेपाल प्रवेश गर्ने गरेको उनीहरुले बताएका छन् ।

कैलालीमा अस्थायी र स्थायी गरि अहिलेसम्म ८२ स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर दिनरात सीमामा निगरानी सुरु गरेको शसस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका गणपति एसपी कमल तिम्लिसिनाले बताए ।

यसअघि कैलालीको सीमा क्षेत्रमा ४ वटा बोर्डर आउट पोष्ट र एउटा गुल्म गरी पाँच पोष्टले पूरै सीमा हेर्नुपर्ने अवस्था रहेको थियो ।

अहिले थप १४ स्थानमा छाप्रो हालेर अस्थायी बिओपी स्थापना गरिएको र बाँकी स्थानमा सेन्ट्री पोष्ट खडा गरेर सीमा निगरानी गरिएको बताए ।

करिब ७ सय मिटरको दुरीमा पोष्ट स्थापना भएपछि सिमा पूरै सिल भएको कैलालीका गणपति एसपी कमल तिमल्सिनाले जानकारी दिएका छन् । 

मुख्य नाका, सहायक नाका, जङगल क्षेत्रमा पनि फौज तैनाथ भएपछि नेपाल प्रवेश गर्ने सम्भावना नरहेको प्रशासनको भनाई छ ।

१ सय १ किलोमिटर खुल्ला सिमानामा अतरिया बाहिनी र पहाडी जिल्लाबाट थप जनशक्ति परिचालन गरेको जनाएको छ । 

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०७७ बैशाख १०

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP