२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

बैतडीका तीन दाजुभाइले बुवा बितेको ४ दिनसम्म नेपाल प्रवेश गर्न पाएनन्

विनोद सिंह विष्ट

बैतडी – बुवा बितेको ४ दिनसम्म पनि बैतडीका ३ मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदुरका बुवा बितेका हुन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी,अम्मर धामी र राम धामीको बुवा बितेको ४ दिन भएपनि नेपाल प्रवेश गर्न नपाएका हुन् ।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भएको जनाएको छ । आइतवार बुवाको मृत्यु भएपछि उनीहरुलाई बुधवार आज नेपाल भित्र्याइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । घरमा बुवा बितेपछि उनीहरुलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसंग समन्वय गरिसकिएको उहाँले बताउनुभयो । नेपाल भित्रिदा स्वास्थ्य चेकजाँच लगायतका सम्पूर्ण प्रक्रिया पुर्याइने जनाईएको छ ।

उनीहरु तीनै जना पिथौरागढको गभमेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका थिए । ५ वटा भाइहरुमध्ये ३ भाई भारतमा मजदुरी गरि फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए ।

यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका बाशुदेव भट्टका आमाको पनि निधन भएपछि ६ दिनपछि नेपाल भित्र्याइएको थियो ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख १०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP