२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुदूरपश्चिममा दुईवटा कोरोना विशेष अस्पताल निर्माण गरिँदै

धनगढी – सुदूरपश्चिममा कोरोनाभाइरस संक्रमितको उपचार गर्न दुईवटा अस्पताल निर्माण गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुर जिल्लामा कोरोनाभाइरस संक्रमितको उपचार गर्न अस्पतालको निर्माण कार्य थालिएको हो ।

यी दुईवटै अस्पताल ५०र५० शैयाको हुनेछन् । निर्माण गर्न लागिएका दुईटै अस्पतालको लागत दुई करोड रहेको र त्यसको निर्माण एक महिनाभित्र सकिने सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरलाई कोरोनाभाइरस संक्रमितको उपचारका लागि भनेर ५०र५० शैयाको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएको छ ।

निर्माण हुने अस्पताल सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालले नै सञ्चालन गर्ने गरी निर्माण हुनलागेको प्रमुख कार्कीको भनाई छ । धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता भई काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

‘धनगढीमा कैलाली उद्योग वाणिज्य संघ भवनको छेउमा रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण कार्य सुरु भइसकेको छ, धामीले भने,’ ‘९४ लाखमा एक महिनाभित्र काम सक्ने गरी किनारा कन्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।’

त्यस्तै, महाकाली अस्पतालमा ९२ लाखमा डिपिन विल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । महाकाली अस्पतालकै परिसरमा भवनको निर्माण गर्न लागिएको छ ।

यी भवन प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको इस्टिमेट अनुसार निर्माण हुनेछन् ।

कोरोनाभाइरसका संक्रमितहरुलाई राख्न एक भवनमा ५० कोठाहरु हुनेछन् । यी भवन प्रि–फ्याव प्रविधिमा निर्माण हुने प्रमुख कार्कीले बताए ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख ८

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP