२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुरामा भारतबाट आएका एक जनाको र्‍यापिड टेस्ट पोजिटिभ

डडेल्धुरा – भारतबाट आएका डडेल्धुराका एक युवकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट९आरडिटी० पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालमा र्‍यापिड टेस्ट विधिमार्फत परीक्षण गर्दा ती युवकमा पोजेटिभ देखाएको हो।

उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले पुष्टि गरेको छ। यद्यपि उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ।

जिल्लाको आलिताल गाउँपालिका–२ का २५ वर्षीय ती युवकको गत चैत ३० गते डडेल्धुरा अस्पतालले र्‍यापिड टेस्ट गरेको थियो। डडेल्धुरा अस्पताल स्रोतका अनुसार आरडीटी रिपोर्ट पोजिटिभ आएपछि उनको थ्रोट स्वाबको नमुना संकलन गरेर बैशाख १ गते धनगढीमा रहेको कोरोना प्रयोगशाला पठाएको थियो। पिसिआरमा नेगेटिभ आएपछि उनलाई होम क्वारेनटाइनमा बस्ने अस्पतालले घर पठाइसकेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ बैशाख ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP