कैलाली- धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँच जना संक्रमित मध्ये एक जना युवकको दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको छ । अन्य चार जनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट आएकोछ ।
अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए ।
यसअघिको उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै अर्को एकजनाको रिपोर्ट दोस्रो पटक पनि पोजेटिभ आएको छ । अन्य तीन जनाको भने तेस्रो पटकको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...