२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

धनगढी उप–महानगरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

कैलाली- धनगढी उप–महानगरपालिकाले नोवेल कोरोना भाइरस(कोभिड १९) को जोखिमबाट बच्न पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखामार्फत धनगढीमा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

शुक्रवार नगर प्रमुख नृपवहादुुर वडले नेपाल पत्रकार महासंघ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमको पनि उपस्थीति थियो ।

नगरप्रमुख वडका अनुसार धनगढीमा क्रियाशिल पत्रकारहरुलाई भनेर चारसय थान मास्क, ४० बट्टा सेनीटाईजर, एकसय थान ग्लब्सहरु हस्तान्तरण गरिएका छन ।

पत्रकारहरु, स्वास्थ्यकर्मीरु, सुरक्षाकर्मीहरु सबैभन्दा बढी जोखिममा रहेर काम गरिरहेको नगरप्रमुख वडले बताए । उनले भने,‘पत्रकारको सोही जोखिमको अवस्थालाई मध्यनवजर गरेर स्वास्थ्य सामाग्री प्रदान गरेका हौ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बलमे धनगढी उप–महानगरपालिकाले जोखिम मोलेर कर्मक्षेत्रमा खटिएका पत्रकारको सुरक्षा संवेदनशिलतालाई बुझेर स्वास्थ्य सामाग्री प्रदान गरेकोमा कृतज्ञता ज्ञापन गरे । ‘उपमहानगरपालिकाले पत्रकारप्रतिको दायित्व निर्वाह गरेको छ,’ उनले भने,‘जोखिमको सामना गरेर राज्य र जनतालाई सुसूचित गर्ने र सचेत पार्ने काममा सक्रिय पत्रकारलाई हरेक तहका सरकारले यतिबेला हेनेूपर्ने जरुरी छ ।’ अन्य स्थानीय तहहरुलाई पनि स्थानीय र जिल्ला स्तरमा रहेर काम गर्ने पत्रकारलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्न केन्द्रीय सदस्य बमले आग्रह गरे ।

सामाग्री बुझिसकेपछि नेपाल पत्रकार महासंघ कैलाली शाखाका कोषाध्यक्ष जोशीले उपलब्ध सामाग्रीको प्रयोगबाट पत्रकारको जीवनरक्षामा मद्दत गर्ने बताए ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख ५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP