
दिपायल – शिखर नगरपालिका – १० बानेडुग्रीसैनकी दुर्गा देवी बलायर एक साता देखि बेपत्ता थिइन् । मानसिक रूपमा कमजोर उनी घरमा सामान्य विवाद भए पछि घर छाडेर हिँडिन् ।
छरछिमेक र परिवारले गाउँ नजिकै खोजतलास गरिरहेको थियो । कतै भेटाउन सकेन । घरमा वृद्ध सासुआमासँग बस्दै आएकी दुर्गाका श्रीमान र एक छोरा भारतमा छन् । छोरी काठमाडौंमा पढ्छिन् ।
एकसाता देखि परिवारबाट सम्पर्क विहिन रहेकी उनी एक्कासी आईतबार सिलगढीमा फेला परिन् । सिलगढीमा भेटाउने व्यक्तिहरूले सोधखोज गर्दा उनको परिचय खुल्यो र सम्बन्धित नगरपालिकालाई खबर गरियो । शिखर नगरपालिका घर बताउने मानसिक सन्तुलन कमजोर भएकी महिला फेला परेको खबर पाएको एक घण्टा भित्रै नगर उपप्रमुख सुनिता रावल उनको उद्धारका लागि हिँडिन् ।

जिल्ला सदरमुकाम सिलगढीमा फेला परेकी दुर्गालाई नगर उपप्रमुख सहितको नगरको टोलीले उद्धार गरेर गाडीमा राखिन् । उनको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल लगियो । चिकित्सकले आफन्तको निगरानीमा राखेर नियमित औषधि चलाउनु पर्ने सुझाव दिए । नियमित औषधि सञ्चालन गरे पनि उनी निको हुने चिकित्सकले बताए ।

स्वास्थ्य जाँच पछि उनलाई गाडीमा राखेर घर सम्मै पुर्याइयो । घर पुगेपछि दुर्गाले उपप्रमुखलाई अंगालो हालिन् र आफ्नो छोरीको संज्ञा दिँदै आफूसँगै बस्न आग्रह गरिन्। मासु भात पकाएर खुवाउँछु भनिन् । नगर उपप्रमुखले आफूले स्वास्थ्य उपचार देखि न्यायिक सहयोग गर्ने बताउँदै बिदा मागिन् ।
नियमित उनलाई औषधि खुवाउने परिवारका सदस्यको आवश्यकता छ,” रावलले भनिन्,”सो औषधि नगरपालिकाले उपलब्ध गराउने छ । हामी उहाँको उपचारका लागि पहल गर्ने छौं ।”
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...