२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

लकडाउन थप लम्ब्याउनु पर्ने सुदूरपश्चिम प्रदेश सरकारको निष्कर्ष

आफ्नो प्रदेशमा थप तीन नयाँ संक्रमित फेला परेपछि सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

लकडाउन नलम्ब्याएको खण्डमा अवस्था झनै दुरुह बन्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको समयावधि लम्ब्याउन केन्द्र सरकारलाई अनुरोध गरेको छ ।

 मात्र थप तीन नयाँ संक्रमित फेला पर्दा कैलालीकी एक महिलामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

ती महिलामा भएको संक्रमण देश भित्र पाइएको पहिलो संक्रमण हो । स्थानीय स्तरमा संक्रमण पाइएपछि सुदूरपश्चिम प्रदेश थप कडाई गर्ने अवस्थामा समेत पुगको छ ।

कोरोना भाइरसको जोखिमको रोकथाम तथा नियन्त्रण लागि सरकारले चैत ११ गतेदेखि देशभर गरेको लकडाउन चैत २५ गते राति १२ बजेसम्म कायम रहने छ ।

तर लकडाउनको अवधिमा पनि संक्रमण थपिएको र लकडाउनको पूर्णपालना नभएको भन्दै लकडाउनलाई थप कडाई गर्ने निर्णय संघीय सरकारले गरिसकेको छ ।


Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७६ चैत्र २३

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP