जीवन बोहरा / शिस
जोरायल- र्यापिड (आरडिटी) परिक्षण रोकेर पिसिआर परिक्षणलाई तिव्रता दिन माग गर्दै जोरायल गाउँपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । नेपाली काँग्रेस वडा इकाइ समितिले वडा नं. २ का अध्यक्ष मान बहादुर मल्ल मार्फत गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।
काँग्रेस वडा सभापती मुकुन्द पन्तद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत क्वारेण्टाइन व्यवस्थापन, पिसिआर परिक्षणमा तिव्रता, आरडिटी परिक्षणमा रोक, क्वारेण्टाइनमा बसेका, उनको सम्पर्कमा गएका, सुरक्षकर्मी र स्वास्थ्यकर्मीको समेत स्वाब संकलनगरी पिसिआर परिक्षण गरिनु पर्ने माग गरिएको छ ।
यो संगै क्वारेण्टाइनमा १२ दिन नपुग्दै भारतबाट फर्किएकालाई आरडिटीको भरमा घर पठाएको भनदै उनिहरुको परिवार र छरछिमेकीको समेत पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
गाउँपालिकाले कोरोना रोकथाम तथा नियनत्रण र क्वारेण्टाइन व्यवस्थापनका लागि प्रतिपक्षि काँग्रेसले दिएको सुझाबलाई व्यवास्था गरेकोले गाउँपालिकामा संक्रमण जोखिम बढेको बताइएको छ । भारतको विभिन्न ठाउँबाट आएकाहरुलाई आएको ठाउँ, आएको ग्रुपका आधारमा छुट्टा छुट्टै राख्न सुझाव दिए पनि गाउँपालिका तथा वडाले कुनै सुनुवाइ नगरेको वडा सभापति पन्तले शिखर समाचारसंग बताए ।
आफुले दिएको सुझाव र माग पुरा नगरे, क्वारेण्टाइन व्यवस्थापनमा सरकार जिम्मेबार नबने जोरायल सरकारका बिरुद्ध कडा आन्दोलनमा उत्रिने पन्तले बताए ।
जीवन बोहरा शिखर समाचारका जोरायल सम्बाददाता हुन् ।
दिपायल – केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको...