२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

जोरायल गाउँपालिकाका दुई जनाको आरडिटी पोजेटिभ : घर पठाउन थालेपछि बिरोध

क्वारेण्टाइमा स्थानिय युवा समाजसेवीको सहयोग

जीवन बोहरा,जोरायल

जोरायल गाउँपालिकाका दुई जनाको आरडिटी नतिजा पोजेटिभ आएको छ । भारतबाट आएर गौरीशंकर माध्यामिक बिद्यालयको क्वारेण्टाइनमा बसेका दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको घण्टेश्वर स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।

क्वारेण्टाइनमा बसेका ३० र २७ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएको हो । आरडिटी परिक्षणका भरमा होम क्वारेण्टाइनमा बस्न भन्दै घर पठाउन थालेपछि स्थानियले बिरोध गर्न थालेकाछन् ।

पिसिआर परिक्षण गरेर मात्रै क्वारेण्टाइनमा बसेकालाई घर पठाउनुपर्ने स्थानिहरुको माग छ । १४ दिन मात्रै क्वारण्टाइनमा राखी आरडिटी मात्रै परिक्षण गरेर घर पठाउनाले समुदाय, परिवारमा त्रास छाएको स्थानियले गुनासो गर्न थालेका छन् ।

यसै बीच गाउँपालिकाको वडा नं. १ मा स्थापना गरिएका जनता आधारभुत विध्यालय र गौरीशंकर माध्यमिक विद्यालयको क्वारेण्टाइनमा रहेकालाई स्थानिय युवा समाजसेवी किरण मल्लले स्वास्थ्य सामग्री र पिउने पानी वितरण गरेकाछन् । मल्लले क्वारेण्टाइनमा बस्नेलाई साबुन, पञ्जा र पिउने पानी उपलब्ध गराएका हुन् ।

सामग्री वितरण संगै मल्लले क्वारेण्टाइनमा कसरि सुरक्षित बस्न सकिन्छ भन्ने बारे सम्झाएकाछन् । स्वास्थ्य सामग्री वितरणका क्रममा मल्ले सरकार जनताको स्वास्थ्य सुरक्षमा लापर्बाही गरिरहेको आरोप लगाए । उनले गुणस्तरिय स्वास्थ्य सेवा पाउनु जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले मापदण्ड विपरितका क्वारेण्टाइनमा जनतालाई कोचेको र भरपर्दो परिक्षण नगरेरै घर पठाउन लागेकोले यसले जोखिम बढाएको बताए ।

क्वारेण्टाइन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद वितरण, स्वास्थ्य परिक्षण, राहत वितरणका नाममा सरकारले संकटको बेला भ्रष्टाचार गरेकोमा आपत्ती जनाउदै मल्लले जनतामा भाइरसको संत्रास मात्रै बढेको बताए । उनले क्वारेण्टाइनमा बसेको १२ दिन नपुग्दै परिक्षण विना घर पठाउनु स्थानिय सरकारको गैरजिम्मेबारी कार्य भएको भन्दै सबैको पिसिआर परिक्षणको व्यवस्था मिलाउन अनुरोध गरे ।

जीवन बोहरा शिखर समाचारका जोरायल सम्बाददाता हुन् ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP