२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

कोरोना संक्रमणबाट भारतमा पाँचौ व्यक्तिको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण भारतमा एक व्यक्तिको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कोरोना भाइरस संक्रमित इटालीका पर्यटक ६९ वर्षीय एन्ड्री कार्लीको आज उपचारका क्रममा मृत्यु भएको भारतीय संचारमाध्यामले जनाएका छन् । उनी फेब्रुअरी २९ देखि जयपुरको सवाई मानसिंह अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए । मार्च २ तारिखमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
डाक्टरहरुले दोस्रो पटक उनको १५ मार्चमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपनि पाँच दिनमै उनको मृत्यु भएको हो । एन्ड्री भारतमा कोरोना संक्रमित पाइएका पहिलो विदेशी हुन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । यसअघि मृत्यु भएका सबै चार जना भारतीय हुन् । भारतमा कोरोना संक्रमितको संख्या २ सय ६ पुगेको छ ।

Related News

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द
लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द
  • २०७६ चैत्र ७

दिपायल– भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिने...

TOP