२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो, नाै लाख ६४ हजार बढीको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा तीन करोड १२ लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख २३  हजार छ सय २६ पुगेको छ ।

जसमध्ये दुई करोड २८ लाख १७ हजार पाँच सय ३१ जना संक्रमण मुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या नौ लाख ६४ हजार सात सय ६२ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या ७० लाख चार हजार सात सय ६८ र भारतमा संक्रमितको संख्या ५४ लाख ८५ हजार छ सय १२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा ४५ लाख ४४ हजार छ सय २९ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।

Related News

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द
लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द
  • २०७७ आश्विन ५

दिपायल– भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिने...

TOP