२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

ट्रम्पद्वारा नयाँ न्यायाधीश नियुक्तिको प्रयास शक्तिको दुरुपयोगः बाइडेन

चुनाव पूर्व नै सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रयास शक्तिको दुरुपयोग रहेको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले बताएका छन् ।

लिबरल न्यायाधीश रुथ बाडर गिन्सबर्गको गएको शनिबार बिहानै निधन भएसँगै अमेरिकामा उनको ठाउँमा नियुक्त गरिने विषय राजनीतिक केन्द्रमा आएको छ ।

आउँदो नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा रहेका ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिँदै छन् ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले चुनावको अति नजिक आएकाले जनताले राष्ट्रपति चुन्ने र राष्ट्रपतिले चुनेका न्यायाधीशलाई सिनेटले अनुमोदन गर्ने अधिकार दिनु पर्ने बताएका छन् ।

तर रिपब्लिकन राष्ट्रपति ट्रम्पले भने जति सक्दो चाँडो नयाँ न्यायाधीश नियुक्त गर्ने बताएका छन् । सिनेटमा बहुमतिमा रहेको रिपब्लिकन लिडर मिच म्याकनलले पनि सो प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् ।

तर उनै मिचले चार वर्षअघि सन् २०१६ मा चुनाव भन्दा १० महिनाअघि खालीको भएको न्यायाधीश पदमा नयाँ नियुक्तिका लागि तत्कालीन डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामालाई अवरोध गरेका थिए र उनले चुनावको वर्ष भएकाले नयाँ राष्ट्रपति आएपछि मात्रै सो कार्य गर्नु पर्ने बताएका थिए ।

ट्रम्पले आउँदो हप्ता गिन्सबर्गको स्थान लिने प्रस्तावित न्यायाधीशको नाम सार्वजनिक गर्ने बताएका छन् । बाइडेनले सिनेटमा रहेका रिपब्लिकनहरुलाई न्यायाधीशको अनुमोदनका लागि हुने मतदान ढिलाइ गर्न आग्रह गरेका छन् । ८७ वर्षको उमेरमा गिन्सबर्गको निधन भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा लिबरल न्यायाधीशको अवस्था थप कमजोर भएको छ ।

अमेरिकाको सर्वोच्च अदालतमा ९ न्यायाधीश हुन्छन् । अहिले पाँचजना कन्जरभेटिभ र तीनजना लिबरल न्यायाधीश रहेका छन् । लिबरल न्यायाधीश गिन्सबर्गको निधन भएसँगै ट्रम्पले त्यसमा पनि कन्जरभेटिभ न्यायाधीश नै नियुक्त गर्ने प्रस्ताव गर्ने भएकाले डेमोक्र्याटहरु सर्वोच्चमा सन्तुलन बिग्रने चिन्ता व्यक्त गरेका छन् ।

बाइडनेले फिलाडेलफियामा रहेको कन्स्ट्यिुसनल सेन्टरमा सम्बोधनको क्रममा आइतबार बाइडेनले राष्ट्रपति ट्रम्पले न्यायाधीश नियुक्तिलाई शक्तिको विषय बनाएको बताएका हुन् ।

उनले भने, ‘अमेरिकाको संविधानले नागरिकका कुरा सुन्ने अवसर दिएको छ । शक्तिको दुरुपयोगका कुनै पनि प्रयासको पक्षमा उनीहरु छैनन् ।’


Related News

इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
  • २०७७ आश्विन ५

दिपायल, साउन २३ गते । इजरायल–हमास युद्धमा दुई वर्षदेखि बेपत्ता...

TOP