शिस डेस्क- भारतमा भएको लकडाउन अगाडी छोराको उपचार गर्न भारत गएका नेपालीलाई जनसम्पर्क समितिले स्वदेश पठाएको छ । इटहरी नगरपालिका–२ सुनसरिका एकै परिवारका तीन जनालाई नेपाल पठाइएको जनसम्पर्क समितिले जनाएको छ ।
जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय समितिको नेतृत्वमा नेपाली जनसम्पर्क समिति महिला संघकी अध्यक्ष सरस्वती निउरेले इटहरी सुनसरिका दिनेस भट्टराई उनकी पत्नी अम्बिका र उनका पाँच बर्षे छोरालाई नेपाल पठाएकी हुन् ।
आफ्ना पाँच बर्षे छोराको उपचारका लागि भारतको तामिलनाडु राज्य चेन्नईमा अवस्थित शंकराचार्य अस्पताल गएका उनिहरु एचार पछि घर नफर्किन पाउँदा अलपत्र परेका थिए । अस्पतालबाट डिसचार्ज भएसंगै होटेलमा बसेका उनिहरु अभावका कारण समस्यामा परेका थिए । लकडाउन संगै प्रवासमा आर्थिक समस्यामा परेका उनिहरुले मन्त्री योगेश भट्टराई संग पनि उद्धारका लागि सम्पर्क गरेका थिए । मन्त्रीले लकडाउनको बेला केही गर्न नसक्ने भनेपछि उनको परिवार जनसम्पर्क समितिको सम्पर्कमा आएको दक्षिण भारत क्षेत्रीय कार्यबाहक अध्यक्ष शिव बहादुर बलायरले बताए ।
जनसम्पर्क समितिले बाउडर सम्म गाडीको व्यवस्था गर्दै भारत सरकार संग समन्वय र आवस्यक प्रक्रिया पुरा गरि नेपाल पठाएको बलायरले बताए । अहिले उनिहरु सकुसल नेपाल पुगिसकेको जनसम्पर्क समितिले जनाएको छ । चेन्नइबाट मे ९ मा हिंडेका उनिहरु मे १२ मा नेपाल पुगेका थिए ।
दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...