२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

बहराइनमा १२६ जना नेपालीहरु कोरोना संक्रमित

काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख १७

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP