२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

कोरोनाभाइरस फैलाएको भन्दै अमेरिकामा चीनविरूद्ध मुद्दा, खर्बौं डलर क्षति गराएको आरोप

अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्‍याएको भन्दै चीनविरूद्ध मुद्दा दर्ता गरेका छन्।

मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ।

पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन्।

महान्याधिवक्ता स्मिटले मुद्धाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन्।

‘चिनियाँ अधिकारीबाट भएको छल, ढाकछेप, असक्रियता एवम् कोरोनासम्बन्धी सूचना लुकाउने कुकर्मले महामारी ल्याएको’ उजुरीमा उल्लेख छ।

उजुरीमा चीनसँग माग्नु पर्ने क्षतिको रकम भने उल्लेख गरिएको छैन्।

चिनियाँ स्वास्थ्य अधिकारीले डिसेम्बरको अन्त्यमा नै कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने प्रमाण पाएको भए पनि जनवरी २० सम्म त्यसलाई लुकाएको उनको आरोप छ।

मुद्धामा चीनको राष्ट्रिय स्वास्थ्य आयोग, वुहान नगरको सरकार तथा वुहान इन्सिट्यूट अफ भाइरोलोजीलाई प्रतिवादी बनाइएको छ।

वुहान कोरोना भाइरसको उद्गमस्थल हो भने वुहान इन्सिट्यूट अफ भाइरोलोजी अमेरिकाले कोरोना भाइरस लिक भएको भनेर आशंका गरिएको ठाउँ हो।

गत साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले उक्त आशंकाबारे आफैं अनुसन्धान गर्न त्यहाँ पहुँच खोजिरहेको बताएका थिए।

सुरुमा भेटिएका संक्रमित सो इन्स्टिच्युटबाट नजिकै रहेको समुन्द्री खाना तथा वन्यजन्तु बजारसँग सम्बन्धित थिए।

कोभिड-१९ नाम दिइएको कोरोना भाइरसबाट हालसम्म संसारमा २५ लाख बढी मानिसहरू संक्रमित भइसकेका छन् भने १ लाख ७४ हजार मानिसहरूको ज्यान गइसकेको छ।

Related News

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ बैशाख १०

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

प्रशासनद्वारा होली खेल्न रोक
प्रशासनद्वारा होली खेल्न रोक
  • २०७७ बैशाख १०

अनिवार्य मास्क प्रयोग नगरे कारवाही गरिने बैतडी- बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग सिमाजोडिएको जिल्ला...

TOP