२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

भारतमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु : २० हजार बढी संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। मंगलबार रातिसम्म २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६ सय ४५ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ।

योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ। मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन्।

एकैदिन भारतमा धेरै संक्रमित फेला परेको यो दोश्रो पटक हो। यसअघि आइतबार सबैभन्दा बढी १६ सय १३ जना संक्रमित थपिएका थिए। मंगलबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रबाट रहेका छन्।

महाराष्ट्रमा ४ सय १९ जना संक्रमित भेटिएका छन् भने १२ जनाले ज्यान गुमाएका छन्। त्यसपछि राजस्थान र पश्चिम बंगालमा धेरै संक्रमित भेटिएका छन्।

राजस्थानमा १ सय ५९ नयाँ संक्रमित फेला परेका छन् भने पश्चिम बंगालमा ५३ जना संक्रमित भेटिएका छन्। अन्य भारतीय राज्यहरूमा समेत कोरोना भाइरस संक्रमितहरू तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाएको छ।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७७ बैशाख १०

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP