२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२१ पुग्यो, १५ हजार ७२२ संक्रमित

भारत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ ।

भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

Related News

लियोनेल मेस्सी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
लियोनेल मेस्सी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
  • २०७७ बैशाख ७

लियोनेल मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल...

TOP