२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोभिड–१९ बाट निधन

विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोभिड–१९ बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो ।

लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएका कारण उनको निधन भएको हो ।

सन् १९२७ मा सिकागोमा जन्मिएका हुन् । उनका अभिभावक यहुदी आप्रवासी हुन् । ली १२ वर्षको हुँदादेखि स्याक्सोफोन बजाउन थालेका थिए । ली ९० वर्षको हुँदासम्म स्याक्सोफोनमा सक्रिय थिए । उनले ९२ औँ जन्मदिनमा विशेष प्रस्तुति पनि गरेका थिए ।

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७७ बैशाख ४

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP