२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

गृहयुद्धले थला परेको यमनमा पनि पुग्यो कोरोना भाइरसको संक्रमण

विगत पाँच वर्षदेखि गृहयुद्धको चेपेटमा आएको यमनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यमनमा कोरोना भाइरस संक्रमणका पहिलो बिरामी भेटिएसँगै सहयोगी संस्थाले चिन्ता व्यक्त गरेका छन् ।

सन् २०१५ देखि जारी हिंसाका कारण यमनको स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित भएको छ । अब कोरोना भाइरसको संक्रमण देखिएसँगै गम्भीर चिन्ता थपिएको सहयोगी संस्था अक्सफामले जनाएको छ ।

गृहयुद्धका कारण यमनमा हाल गम्भीर मानवीय संकट उत्पन्न भएको छ। यस्तै दशौँ लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।

कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएसँगै थप चिन्ता थपिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले युद्ध विराम घोषणा गरेको भोलिपल्ट शुक्रबार त्यहाँ पहिलो संक्रमित भेटिएको हो ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७६ चैत्र २९

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP