२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

पाकिस्तानमा तीनजना पत्रकारलाई कोरोना भाइरस संक्रमणको पुष्टि

पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको त्यहाको डेली टाइम्स अनलाइनले जनाएको छ ।

तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन। उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।

यता, टीभ च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ। उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ। हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ।’

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन्।

यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘ प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन्।हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ।’

उनले पत्रकारहरु काम गर्न सानो शहरमा जानु पर्ने र काम गरेबापतको तलब नपाउने गरेको गुनासो गरेका छन्।

Related News

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
  • २०७६ चैत्र १२

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त...

TOP