दिपायल, साउन २३ गते । इजरायल–हमास युद्धमा दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशीको परिवारलाई इजरायलले बोलाएको छ । विपिनकी आमा पद्मा र बहिनी पुष्पा आगामी सोमबार इजरायल जाँदै छन् ।
इजरायल एम्बेसीले आमा र बहिनीलाई इजरायल लैजान लागेको विपिनका दाइ किशोरले बताए । उनले त्यसका लागि सोमबारको टिकट काटिएको बताए ।
इजरायल जाने भनेर विपिनकी आमा पद्मा र बहिनी पुष्पा अहिले काठमाडौंमै रहेका छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई इजरायलले लैजान लागेको बताइएको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका विपिनसहित ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए । इजरायल–हमास युद्धका क्रममा विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि बेपत्ता छन् ।
इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।
विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौँपटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन् । सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...