२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

रिक्सा चालकले ३ हजार धनाढ्य केटीलाई प्रेम जालमा फसाएपछि…

 सामाजिक सञ्जाल आममानिसको लागि संदेश आदानप्रदान गर्ने एउटा राम्रो माध्यम बनेको छ। तर केहि गलत प्रवृति भएका व्यक्तिहरुले सामाजिक सञ्जालको दुरूपयोग गरिरहेका हुन्छन। सामाजिक सञ्जालसँग सम्बन्धित यस्ता धेरै समाचारहरू बाहिरिन्छन जुन सुन्दा हर कोहि चकित पर्ने गर्छन।

यस्तै, खालको एउटा अचम्मको घटना भारतको बरेलीमा घटेको छ। उक्त ठाउँमा बसोबास गर्ने एक रिक्साचालकले ३ हजार केटीहरूलाई प्रेममा पारेका छन्।
ती रिक्साचालकले यस्तो चाल चलाए कि धनाढ्य केटीहरू उनको प्रेममा फसे। यति सम्म की ती केटीहरूले उनलाई आफ्नो आपत्तिजनक तस्वीरहरू पठाउँथे।

यस्तो थियो खास कुरा
यूपीको बरेली निवासी जावेद नामका रिक्सा चालकले फेसबुकमा आईपीएस नूरुल हसन नामको आईडी बनाए। त्यसपछि, फेसबुकमा करीब तीन हजार केटीहरूलाई साथी बनाए। उनले आफ्नो नक्कली आईडीमार्फत धेरैलाई प्रेममा फसाए। यसरी उनको दिन वित्त्दै थियो। एक दिन उनले आईपीएस नुरुल हसनको नाममा फेक आईडी बनाए। त्यसपछि उनको आईडी केटीहरूले भरिएको थियो।

यस्तो हर्कतको कारण उनलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीलाई दिएको बयानमा उनले भने, “म केवल प्रेमको लागि मात्र जन्मिएको हुँ।” उनीले सिर्जना गरेको आईपीएस आईडी बरेलीका आईपीएस निवासी नुरुल हसन हुन्, जो महाराष्ट्रमा काम गर्थे। शुरुमा उनका धेरै साथीहरू थिए जब रिक्साचालकले नक्कली आईडी बनाए बिस्तारै उनका साथीहरू बढ्न थाले, जसमा प्राय: जसो केटीहरू थिए।

रिक्साचालकले धेरै हाइ प्रोफाइलको महिलाहरू जस्तै : राजस्थानका नर्स र महिला वकिलहरुलाई नक्कली आईडी मार्फत साथि बनाए। उनी उनीहरूसँग अश्‍लील कुराकानी पनि गर्दथे। केटीहरूले नमागे पनि उनी आफ्नो अश्लील फोटो पठाउने गर्थे।

जावेदले पुलिसलाई भने, “यो सबै गर्दा मलाई रमाइलो लाग्छ तर यस्तो गर्नाले सजाय भोग्नु पर्छ भन्ने मैले सोचेको थिएन। घरमा एउटा अर्को फोन बोक्ने गरेको समेत उनले पुलिसलाई बताए। त्यसमा केटिहरुसँग भएको भिडियो र कल रेकर्ड गरिएको छ। ५२ वर्षीय उनी आइ ए फेल छन्। तर पनि उनलाई सामान्य अग्रेजी आउछ। उनले फेसबुक च्याटमा अग्रेजिको फाईदा लिएर केटीहरुसँग कुरा गर्ने गर्दथे।

जावेदको मोबाइलमा फेसबुक च्याट देखेपछि पुलिस नै छक्क परे। उनले धेरै केटीहरूलाई उनले बिहेको प्रस्ताव राखेका थिए। केटीहरुलाई उनी ‘आई लभ यु’ भनेर म्यासेज पठाउने गर्थे भने केटीहरु पनि उसलाई ‘आई लभ यु’ को इमोजी पठाउने गर्थिन।

उनले जस्तै धेरै व्यक्तिले सामाजिक संजालको दुरुपयोग गरेका छन्। सामाजिक संजालको गलत प्रयोगले गर्दा दिनानुदिन हत्या हिँसा, बलात्कार जस्ता घटनाहरु घट्ने गर्छन। 

Related News

धनगढी उपमहानगरपालिकाले “भूत”ले बनाइरहेको घर भत्काए पछि..
धनगढी उपमहानगरपालिकाले “भूत”ले बनाइरहेको घर भत्काए पछि..
  • २०७६ चैत्र २०

कैलाली – धनगढी उपमहानगरपालिका–७, देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल...

TOP