२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

सुदूरपश्चिममा कोरोनाबाट २१ जनाको निधन

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना छन्। यस्तै बझाङ, अछाम र बाजुरामा दुई, दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक, एक जनाको मृत्यु भएको छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए।  

‘अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छु, उनले भने,’ कोरोनाबाट निको हुने दर पनि बढी नै छ।’ शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन्। बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ। ‘प्रयोगशाला बढाएर सङ्क्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ,’ उनले भने। 

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छन्। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए। 

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक ८

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP