२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘कोरोनाभाइरस’ (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिएको स्थितिमा प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।

कोरोनाभारसको संक्रमणबाट जोगिन नेपालमा पनि विशेष सतर्कता अपनाउन थालिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसअघि नै शैक्षिक संस्था बन्द गर्ने, २५ जनाभन्दा बढी संख्यामा भेला हुन नहुनेलगायतका निर्णय गरिसकेको छ ।

 

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७६ चैत्र ७

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP