२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिममा झण्डै १२ सय संक्रिय कोरोना संक्रमित

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमित एक हजार दुई सय नजिक पुगेको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार एक सय ९३ पुगेको हो । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ५७ रहेको छ ।

निर्देशनालयका अनुसार डोटीमा एक सय ३४, बझाङमा एक सय ११, अछाममा एक सय, बैतडी ८५, कंचनपुरमा ६३, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

६ हजार एक सय बढीले कोभिड–१९ जिते

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार एक सय बढी कोभिड–१९ संक्रमित निको भएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार तीन सय ४५ जनामा कोभिड–१९ पोजेटिभ आएकोमा ६ हजार एक सय ३६ जना निको भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ७२ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ६० र कञ्चनपुरका सात सय ४७ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय ३१, बैतडीका तीन सय ३१, डडेल्धुराका तीन सय २४ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो।

त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP