२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

सेतीको अस्पतालको परिक्षणमा १७ जनामा कोरोना पुष्टि

धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ८७ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिकाका–३ का दुई जना, वडा नम्वर १, ८ र १७ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसै गरी कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका दुई÷दुई जनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र पुनरवास नगरपालिकाका तीन÷तीन जना, अछामको मेल्लेख–६ का एक जना र ठेगाना नखुलेका एक जनामा समेत मंगलबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ आश्विन ६

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP